May 7th, 2011
फर्के आमा ढोगे आमा ,
हजुरको पाउ छोए आमा |
उफ’ बिरानिमा हरायेथे ,
हजुरकै काखमा रम्न फर्के आमा
आ’ दुनियाले जे भनुन ,
दस नंग्रा खियौना गाऊ फर्के आमा |
होस्’ जे पर्ला तेइ टर्ला ,
खोरिया बिर्हौना म फर्के आमा |
छि’ बिदेशको मोह ,
पुर्खाको भुमि जोगाउन फर्के आमा |
भैगो’ जे भो नरुनु अब ,
हजुरको सहारा म छु नि आमा
BHIMSEN DURA
Tags: bhimsen dura, gajal, kabita, nepali, nepali katha, आमा, बिरानि
Posted in कवीता | No Comments »
April 8th, 2011
A distant dream is still lying in our hearts.
The realization of the potential being low.
We know our dream was not so big.
But this is far and long for us.
Everybody know we can not live without
the accommodation and food.
Therefore advisory heart, could not stop the tears.
Tags: accommodation and food, advisory heart, distant dream, nepali lyric, nepali song, our dream, potential, REALITY, The realization
Posted in कवीता | No Comments »
April 8th, 2011
सधैं भरि हर बखत
एउटा पुरानो याद मेरो दिलमा अल्झी रहेछ ।
एउटा छोटो अनी मिठो पल,
अबिस्मरणिय त्यो द्रिश्य,
सपना झै एकै छिनमा बिना निशाना क्षण भरमै गायब हुन्छ ।
मेरो लागि तिम्रो न्यानो भावना
पहिले देखिनै चिसो छ ।
त्यसैले त हाम्रो माया
फूल फुल्नु र ओइलिएर झर्नु झै लाग्छ ।
म चिसो रातमा खुल्ला आकाश मुनि
तारा गन्दै गर्दा तिम्रो बारे सोच्छु
माया धेरै नै लाग्छ तिम्रो ।
फिल्मको पर्दामा जस्तै
आँखामा अबिस्मरनिय याद् हरु देखिन थाल्छन ।
तर अब तिम्रो र मेरो दिललाई जोड्ने
कुनै साघु नभएर होला शायद
मैले तिमिलाई भुल्ने अठोट गरे ।
तिमी संगैका सबै याद हरु घ्रीणामा परिणत गरेर ।
हाम्रो भलो यसैमा छ ।
मलाई आशा छ तिमिले पनि यसै गर्ने छौ ।
भिमसेन दुरा “रीत”
Tags: nepali gajal, nepali geet, nepali git, nepali katha, nepali poem, अबिस्मरणिय द्रिश्य, एउटा याद, न्यानो भावना, पुरानो याद, मिठो पल
Posted in Uncategorized | No Comments »
October 16th, 2009
यो बिरानीबाट सयपत्रि मखमलि ओिलएको देख्छु ,
रातो निलो पहेलो हरियो…….. रङहरु धमिलो देख्छु ।
यसैले त आफ्नै मनलाई पराइ झै भेट्छु ,
स्वर्थी ,निर्दयी ……म आँफैलाई पाउछु ।
जब उही मखमलि सयपत्रिको माली सम्झन्छु ,
तब परेलीको डिल चिसो महसुस गर्दछु ।
किनकी यसपाली पनि उस्को मेह्नत खेर गएको छ ।
अनी रङहरुले खुशी भर्ने रहर हरु खुइलिएको छ ।
उफ
सोच्दा सोच्दै पागल भएछु ,
शायद हरपल सम्झना गर्नाले होला ।
कता हो कता भैलिनिको आवाज सुनेझै भान हुने ,
michel jackson brayan adams…. हरुको गीत माझ ,
अनी अँध्यारो महसुस हुने
यो बर्षइ भरी झिलिमिली रही रहने यो मुलुकमा आज ।
तेसैले त दियो बाली पालामा
यो मन्को घर ,दैलो र आगनी झिलीमिली
बनाउन मन गई रहेको छ ।
अनी सबै कोलहललाई चिर्दै भैलिनी
भन्न मन लागि रहेको छ ।
अनी गला भरी माला लगाइ
भाईटिकाले निधार भर्न रहर जागेको छ ।
Tags: कथा, कविता, गला भरी माला, गीत, झिलीमिली, तिहार, दसैं, देउसी, भाईटिका, भैलिनिको आवाज, मखमलि, यसपाली, यो बिरानीबाट, यो मन्को घर, सयपत्रि, स्वर्थी
Posted in कवीता | 2 Comments »
October 2nd, 2009
उकाली को रेलिमाई पिपले छायामा ,
माइला रोयो रेलिमाई गाउघरको मायामा ।
दशै पनि सिधियोरे तर मनको तिर्सना कहाँ मेटीएको छ र । आज पनि बिहान उठ्ने बितिकै गूगलमा नेपाली पुराना गीत खोज्न थाले । यो गीत भेटे । रत्नदास को यो गीत सँगइ आँखा रुझेको पत्तै पाइन ।दशमीको दिन घरमा फोन गर्दा सबैको गह भएिएको थियो अनी मैले पनि बोल्न नसकी फोन राखी दिएको थिए । शायद जीवन भनेको यै होला सोचे झै हुँदैन । खाली भोग्नु पर्छ जहाँ जे जस्तो पर्छ । यहाँ सोचे झै केनै भयो र ?
जिन्दगी को पाना भरी सुख भेटीएन……….
. मन मनै यो गीत सम्झे अरु त म केनै गर्न सक्छु र । सिर्फ त्यो गाउघर ,उकाली, अोरली र बिसौनिको चौतारी यो पर्देशमा सम्झना सक्छु । उफ मनमा पनि कती कुर खेलेको । कहिले कहित दिक्क लाग्छ । खाली घरको याद । सोनो छदा बाबा बिदेश आउँदा म ३ दिन सम्म रोएको थिए ।अहिले बाबा रुनु भयो रे दशैको दिन । हुनत उहा एअरपोर्ट सम्म पुराउन आउँदा पनि रुनु भएको थियो । मलाई लाग्छ उहालाइलाइ थाहा थियो बिदेशको दु:ख, एउटा पर्देशी हुनुको दु:ख अनी आफ्नो परिवार सँग बिछोडइनु को दु:ख । उहा फर्कनु भयो तर दु:खले छोडेन । शायद दु:खको अन्त हुँदैन यो एउटा पत्रे चट्टान्को खात जस्तै रैछ । कहिलै छिचोली नसकिने । ठिकै छ हेरु यो यात्रामा दु:खले कहिले सम्म साथ दिने छ। तर मान्छेले जे कुरा धेरै चाहयो त्यो पाइदैन भन्छन नि शायद होला । मन्मनै आफुलाई समाल्ने कोशीस गर्छु । तर ………
समालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ ..
भिमसेन दुरा “रीत”
जिन्दगी को पाना भरी सुख भेटीएन……….
फत्तेमानको गीत
Tags: एउटा पर्देशी, कथा, कविता, गजल, गाउघरको मायामा, गीत, घरको याद, चट्टान्को खात, दु:खको अन्त, नेपाली कथा, पुराना गीत, फत्तेमानको गीत, मनको तिर्सना, माइला, रत्नदास, रेलिमाई
Posted in Uncategorized | 16 Comments »
September 28th, 2009
माया मारे झै भयो तिम्रो ।
टाढा भएउ टुटे झै साईनो ।
तर माया नै हो टाढा हुँदाको समिपता ।
यो बिछोड लाई सम्झ मात्र बिबसता ।
धेरै रुझे कि नयन तिम्रा मेरो निम्ती
भित्तामा टिका जमरा सिउरिदा ।
आमाको मन्नै हो धेरै दुख्यो शायद
यो पार्देशी नफर्की दिदा ।
भीमसेन दुरा “रीत”
Tags: कवीता, जमरा, टिका, टुटे झै साईनो, दुख्यो शायद, पार्देशी, भीमसेन दुरा, माया मारे, रीत, रुझे कि नयन
Posted in कवीता | No Comments »