मेरो चाहना

September 8th, 2009

क्षितिज पारीको डाडाघरमा ,

सयपात्री फुल को छेउमा बसी कुर्ने लाई ।

अनी गोरेटो हेरी टोलाई रहने त्यो आँखा हरु लाई ।

पर्खिएर बस बाध्यता हो ।

अल्झिएर ढीलो होला ।

तर अडीग रहनु , कुरी रहनु

जन्म जन्म लाई ।

भिमसेन दुरा “रीत”

दसै अनी तीहार्

September 5th, 2009
दसै अनी तीहार्

दसै अनी तीहार्

दशै तथा तीहारको अग्रीम शुभकामना

ठुली

September 5th, 2009

उकाली अोराली गर्द गर्दै थाकी ।
बीसौन आउनु ठुली भञ्ज्याङको चौतारी ।

पीठ्युँको ढाकर भीत्र मनको रहर बोकेर ।
भोको पेटलाई कती रख्छौ पटुकीले कसेर ।
यसै बस्न हुन्न अब जाग पैला उचाली ।
कती बस्छौ अझै है ठुली अन्याय सही ।

धेरै आए धेरै गये केनै अर्थ रह्यो र ।
आफ्नै लागी गरे सब्ले हामीलाई के भयो र ।
आफ्नै लागी आँफै गर्न जाग पाइला उचाली ।
कती बस्छौ अझै है ठुली अन्याय सही ।

(admin)
भीमसेन दुरा “रीत”

मेरो बिन्ती पत्र

August 21st, 2009

तपाईंको बिगतको कथा हरु मलाई मेल गरेर पठाउनु भएमा तपाईंको कथाले यहाँ स्थान जरुर पौनु हुनेछ ।
Bhimsen Dura

Email:- paydura@gmail.com

यहाँको चलन

August 21st, 2009

जिन्दगीको यो पट्यार् लग्ने यात्रा गर्दा गर्दै थाकेर चौतारीको छहारिम बसी रहेको थिए । यतिकै मा नजिकै को मायाको आवाजले झस्किन्छु माइला दाई कहिले आउनु भयो बिदेश बाट । भखरै आउन्दै छु बहिनी । अनी खैत भरिया सरिया त छैन त दाजु फेरी माया बोल्छे । यस्तै छ बहिनी हालखबर जे होस् आफ्नु ठाउँ फर्केर आउन पाये यही गर्ब गर्दैछु बहिनी । माया अकमक्क पर्छे । उ सोच्दि हो बिदेश गये पछी पैसा कमै भाई हाल्छ । यस्तो भ्रम मलाई पनि थियो यसैले त मा पनि अहिले यो हालत मा भये । भएको एक टुक्रा खेत पनि बेचे । गर्न पनी क् सक्थे र बले पनि पढ्छु भन्दा पैसा धेरै खर्छ हुन्छ् भनेर बिदेश जा भन्नु भयो । अनी खेत बेचेर पैसा जोहो गर्नु भएछ बरु त्यो खेत बेचेर मैले पढ्नु पएको भयत ज्ञान त मिल्ने थियो । बेकरमा त्यो दलल् ले पैसा खान त पौने थिएन । खै के भनु तल्ल घरए ठुलेले बिदेश गएरै कमएको हो । के भनु मेरो भाग्य नै यस्तो हो । अनी सोच्छु अझै पनि माया जस्ता हरु घर घडेरी बेचेर छोरा बिदेश पठाउने हरु यहाँ धेरै छन । अनी कती फर्कने म जस्तै । र यहाँ यस्तो बाध्यता पनि छ जहाँ पढ्छु , केही ब्यवसाय गर्छु भन्दा ॠण पाइदैन तर बिदेश जान्छु भन्दा लाखौं ॠण पाईन्छ । यो चलन रहे सम्मा यहाँ यस्तै रहन्छ ।

Bhimsen Dura “Reet”

मेरो मनको कुरा

August 21st, 2009

त्यो हिमाल त्यो पखा पखेरा जहाँ मेरो दिन चर्या बित्दथ्यो । जहाँ चरा हरु को आवाज सँगै बिहानि को किरण फैलिन्थ्यो । जहाँ सुर्यका किरण सँगै हिमाल मुस्कुराइ रहन्छ ।त्यो देश मेरो देश हो ।जहाँ मन्दिरै मन्दिरा छ,भगवान प्रती आस्था छ । जहाँ को धर्ती बाझो छैन ।यसैले मेरो देश को मलाई गर्ब छ ।मेरो देश प्रतीको मेरो माया सधैं रही रहने छ जब सम्म मुटु रहने छ । म बिदेशिनु मेरो बाध्यता हो । तर मेरो चाह भने हुँदै हैन । जस्ले जे भनुन मेरो नेपाल मलाई प्यारो छ ।मेरो पुर्खाले जसरी थाप्लोमा नाम्लो राखी जिबन बिताए तेसै गरी जिबन काट्न नसकेर बिदेश पसेको पनि हैन।मलाई थाहा छ राम्रो कुराको सिखो गर्नु पर्छ ।मेरो मनसाय बिदेश बाट काम गरी पैसा कमाउने मात्र नभएर कुनै न कुनै कुरा सिकेर फर्कनु हो ।प्रतेक नेपालीको चाह यस्तै होस् । श्री पसुपतीनाथ सँग प्राथना गर्दछु । मेरो नेपालको जय होस् ।

चेतन घिमिरे
लण्डन